कैलालीमा १६ वर्षे किशोरी बलात्कार आरोपमा एक युवा पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिका–१ राजीपुरका २६ वर्षीय मिलन साउदलाई १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पीडित बालिकामाथि जबरजस्ती करणी भएको भन्ने उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो । साउदलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कानुनी प्रक्रियाअनुसार अभियुक्तमाथि आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.