देउवा र कोइराला समूहको ‘ऐतिहासिक बृहत भेला’ बिराटनगरमा

धनगढी । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाको समूह एउटै मञ्चमा देखिने भएको छ । संस्थापन इतर समूहले विराटनगरमा आयोजना हुन लागेको कोशी प्रदेशस्तरीय भेलामा देउवा र कोइरालाको समूह एउटै मञ्चमा देखिने भएको हो ।

कांग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री भुपेन्द्र राईले देउवा समूह र कोइराला समूहको संयुक्त आयोजनामा भेला हुन लागेको बताए । उनका अनुसार इतर समूहले ३१ जेठमा आयोजना गर्न लागेको प्रदेशस्तरीय भेलामा नेता कोइरालालाई प्रमुख अतिथि बनाउने भएको छभने नेताहरू कृष्णप्रसाद सिटौला विजयकुमार गच्छदार डा. शशांक कोइराला, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद, राजीव कोइराला प्रमुख वक्ता रहेका छन् ।

सामाजिक सञ्जालमा प्रचार–प्रसारका लागि तयार गरिएको सामग्रीमा कोशी प्रदेश स्तरीय भेलालाई ‘ऐतिहासिक बृहत भेला’ भनिएको छ । देउवा समूहले यसअघि बागमती, कर्णाली, गण्डकी र सुदूरपश्चिममा प्रदेशस्तरीय भेला आयोजना गरिसकेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.