धनगढी । धनगढी उपमहानगरपालिका–१६ मा १८ वर्षीया युवतीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ती युवतिका ब्वयफ्रेण्डसहित ३ जना रहेकाे जिल्ला प्रहरी कार्यालयले बताएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा २१ वर्षीय प्रदीप चन्दसहित १६ र १७ वर्षीय अन्य दुई किशोर रहेका छन्। उनीहरूलाई आइतबार पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गत जेठ २१ गते राति युवतीमाथि जबरजस्ती करणी भएको भन्दै पीडित पक्षले प्रहरीमा जाहेरी दिएको थियो। जाहेरीपछि अस्थायी प्रहरी पोस्ट बेहडाबाबाबाट प्रहरी नायब निरीक्षक चरणसिंह बुढाथापाको नेतृत्वमा खटिएको टोलीले आरोपितहरूलाई पक्राउ गरेको हो।