धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकाे छ । उनलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
प्रदेशसभा सदस्य दिवानसिंह विष्ट समेतको नेतृत्वमा शाहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको हो । स्रोतकाअनुसार शाहविरुद्धको प्रस्तावमा ९ जना सांसदले हस्ताक्षर गरेका छन् । प्रदेश सभामा कांग्रेसका १८ सांसद मध्ये प्रकाश देउवा भने नेपाल बाहिर भएकाले १७ जनामध्ये बहुमत ९ जनाकाे हस्ताक्षर दर्ता गरिएकाे हाे ।
कांग्रेसकै केही सांसदहरूले मुख्यमन्त्रीको राजीनामा माग्दै आएका थिए। मुख्यमन्त्रीले बहुमत सदस्यहरूको समर्थन नरहे पद छाड्ने बताएपछि मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर संकलन सुरु गरिएको थियो।