‘ढुक्क हुनुहोस्, लेन्डुपको नयाँ अवतार नेपालमा’ सांसद धर्मराज पाठक

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य धर्मराज पाठकले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई देखाएर ‘लेण्डुप’को उपमा दिएका छन् । नेकपा (एमाले)बाट प्रदेशसभा सदस्य भएका पाठकले लेखेका छन्, ‘ढुक्क हुनुस्- लेन्डुपको नयाँ अवतार नेपालमा जन्म भएको छ ।’

सिक्किम स्वतन्त्र देशबाट भारतमा प्रदेशको रूपमा गाभिँदाका एक निर्णायक पात्र  हुन् काजी लेन्डुप दोर्जे । उनी सिक्किमलाई सन् १९७५ अर्थात् ठीक ५१ वर्षअगाडि विवादित जनमतसंग्रहबाट भारतको २२ औँ राज्यको रूपमा गाभिएपछिका मुख्यमन्त्री भएका थिए । भारतमा गाभिएपछि मुख्यमन्त्री पाँच वर्ष भएका उनी पछि सिक्किमको राजनीतिबाट पलाएन भएका थिए ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवादबारे नेकपा एमालेका सांसद पद्मा अर्यालले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको सीमा मिचेको बताए। उनले भने, ’तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्ला, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।’

प्रधानमन्त्रीको यो भनाइ सार्वजनिक भएसँगै संसद्‍मै प्रतिनिधि सभा सदस्य वासना थापाले आपत्ति प्रकट गरिन्। उनले प्रधानमन्त्रीले कुनै तथ्य र प्रमाण बिना यस्तो गम्भीर कुरा बोलेको भन्दै यो अभिव्यक्तिले राष्ट्रिय अखण्डतामा आँच पुर्‍याउने र छिमेकीसँगको सम्बन्ध बिगार्ने तर्क गरेकिथिइन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.