धनगढी । सुदूरपश्चिम अपाङ्ग महासंघमा देखिएका समस्या हल गर्न समन्वय समिति गठन गरिएकाे छ । महासंघमा आबद्ध बहुमत संस्थाकाे आज धनगढीमा भएकाे भेलाले प्रदेशका पूर्वअध्यक्ष उपेन्द्र खडायतकाे संयाेजकमा २५ सदस्यीय समन्वय समिति गठन गरेकाे हाे ।
करिब डेढ बर्षअघि प्रदेश अधिवेशनबाट सर्वसम्मत गठन भएकाे समितिलाई संघीय राष्ट्रिय अपाङ्ग महासंघले अबैधानिक भन्दै प्रशासन लगायतका सम्बद्ध निकायमा पत्राचार गरेपछि उत्पन्न समस्या हल गर्न सबै पक्षसँग छलफल गरि निकास निकाल्न समन्वय समिति गठन गरिएकाे प्रदेश अध्यक्ष कृष्णप्रसाद धमलाले जानकारी दिए ।
भेलामा कैलाली कञ्चनपुरका १८ भन्दा बढी सदस्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले पहिले बार्ता सम्वाद गर्ने दाेस्राे चरणमा सम्बद्ध निकायमा अधिकारिता सहित महाधिवेशनबाट गठित प्रदेश समितिलाई नै दावी गर्ने र तेस्राे चरणमा स्वघाेषित सघीय र प्रदेश समितिका काम कार्वाहीमा अवराेध सिर्जना गर्ने गरि आन्दाेलन गर्ने निर्णय गरेकाे सहभागिहरुले बताएका छन् ।
यसअघि संघीय अधिवेशन बिरुद्ध बहुसंख्यक सदस्य संस्थाका प्रमुखले उच्च अदालतमा दिएकाे उजुरीमा फैसला आएकाे छैनभने त्यही अधिवेसनबाट सुदूरपश्चम ईञ्चार्ज ताेकिएका नन्दराज भट्टबिरुद्ध अख्तियारमा भ्रष्टाचारकाे मुद्दा भएकाले उनीहरुलाई स्वीकार्न नसकिने सहभागिहरुकाे मत रहेकाे प्रदेश अध्यक्ष कृष्णप्रसाद धमला बताए ।
भेलामा सहभागि शाररीक, दृष्टि विहिन, बाैद्धिक, डाउनसिन्ड्रम, मनाे सामाजिक, बहुअपाङ्गता, अपाङ्गता प्रतिष्ठान, खगेन्द्र नवजीवन धनगढी शाखा लगायत संस्थाका प्रमुखहरुले अपाङ्गता क्षेत्रमा राजनीतिक धुर्विकरण गरिन लागेकाले आफुहरुका हकअधिकार हनन भैरहेकाे गुनासाे गरेका थिए ।