धनगढी । सुदूरपश्चिम र लुम्बिनीका तराइ तथा भित्रिमदेश क्षेत्रमा आजपनि अत्याधिक गर्मी रहने भएकाे छ । मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङमा तातो लहर (लु) चल्ने सम्भावना रहेकोले सतर्क रहन समेत आग्रह गरेको छ ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।