प्रहरीका ४६ एसपी र १४९ डिएस्पी सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरिएको छ । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् ।

सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा मनोहरप्रसाद भट्ट र स्याङ्जामा रंजितसिंह राठौरलाई पठाइएको छ । काभ्रेपलाञ्चोकमा रबिन कार्की, सिन्धुलीमा रबिन्द्रबहादुर सिंह र सर्लाहीमा रबिन्द्रनाथ पौडेललाई सरुवा गरिएको छ ।

पश्चिम नवलपरासीमा राम बहादुर केसीलाई सरुवा गरिएको छ । महोत्तरीको प्रमुखमा श्यामकुमार सारुमगर र डोटीमा सागर बोहरालाई पठाइएको छ । चितवनमा रामेश्वर पौडेललाई पठाइएको छ । यसअघि आईजीपी दानबहादुर कार्कीले १४९ जना डीएसपीहरुको सरुवा तथा काज सम्बन्धी निर्णय गरेका छन् ।

जसअनुसार जिल्ला प्रहरी कार्यालय डोल्पामा अनिलराज गिरीलाई पठाइएको छ । इलाका प्रहरी कार्यालय कटारीमा उपेन्द्र पोखरेल, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा उमेश जोशी, मनाङमा कोपिला चुडाल, पूर्वी रुकुममा खुमानन्द पाण्डे, इलाका प्रहरी कार्यालय बर्दिबासमा गुरु प्रसाद तिम्सिनालाई पठाइएको छ । जुम्लामा चिरञ्जीवी दाहाल, सल्यानमा दीपक पातली, प्रहरी वृत्त थानकोटमा दीपककुमार केसी, प्रहरी वृत्त कालिमाटीमा नरेश कुमार सिंह र सोलुखुम्बुमा नविन राज बुढाथोकीलाई सरुवा गरिएको छ ।

प्रहरी वृत्त थिमीमा निशान थापा, रोल्पामा पञ्चकुमार बाखु, सिरहास्थित इलाका प्रहरी कार्यालय मिर्चैयामा पुरुषोत्तम प्रसाद पाण्डे र वडा प्रहरी कार्यालय वालिङ स्याङ्जामा प्रताप पौडेललाई पठाइएको छ ।  जाजरकोटमा बुद्धिसागर पुरीलाई पठाइएको छ । डीएसपी राकेश थापालाई इलाका प्रहरी कार्यालय बनेपा, राजबावु महर्जनलाई ओखलढुङ्गा र राजन कार्कीलाई म्याग्दी पठाइएको छ । रामचन्द्र तिवारीलाई मुस्ताङ, प्रहरी वृत्त सातदोबाटोमा वकिलबहादुर सिंह, बाजुरामा शैलेश्वरी बोहरा, दैलेखमा श्रवणकुमार बिक र रामेछापमा सन्तुलालप्रसाद जैसवारलाई पठाइएको छ ।

झापास्थित इलाका प्रहरी कार्यालय अनारमनीमा सन्तोष पाठक र इलाका प्रहरी कार्यालय दमकमा हरिबहादुर बस्नेतलाई पठाइएको छ ।

 सूची-

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.