अपाङ्ग महासंघ सुदूरपश्चिमले नयाँ अधिवेशन गर्नुपर्ने

धनगढी । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय समितिले सुदूरपश्चिम प्रदेशमा नयाँ अधिवेशन गर्नुपर्ने निर्देशन गरेकाे छ । संघीय समितिका महासचिब कुमार रेग्मीले बैशाख २९ गते सुदूरपश्चिम प्रदेश व्यवस्थापकलाई निर्देशनात्मक पत्र पठाउँदै माैजाद प्रदेश समिति अबैधानिक रहेकाेले बिघटन गरिएकाे समेत जनाइएकाे छ ।

पत्रअनुसार आउँदाे जेठ २१ र २२ गते नयाँ अधिवेशन गर्ने गरी कार्य याेजना आएकाे प्रदेश व्यवस्थापक प्रीया खडकाले जानकारी दिईन् । उनका अनुसार अधिवेशनका लागि संस्था नयाँ आवद्धता, नविकरण र पुन: आवद्धताका लागि बैशाख ३० गतेदेखि जेठ ५ गतेसम्मकाे समय ताेकेकाे छ ।

यस्तै बैशाख ६ गते चार बजेभित्र प्रतिनिधिहरुकाे अन्तिम नामावली तयार गरी प्रकाशन गर्न र प्रतिनिधी पठाउन आवद्धता संस्थासँग पत्राचार गर्न सूचनामा भनिएकाे ब्यवस्थापक खडकाले बताईन् ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.