धनगढी । कैलालीको अत्तरियामा रहेको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयन भएकाे छ । सोमबार बिहान सम्पन्न मतगणना अनुसार राजेन्द्र खड्का निर्वाचित भएका हुन् । उनले अर्का उम्मेदवार गणेश शाह र हर्क बहादुर शाहलाई पराजित गरेका हुन् ।
त्यसैगरी संस्थाको उपाध्यक्षमा खड्का प्यानलबाटै निर्वाचन लडेका लक्ष्मण बहादुर कठायत, महासचिव धर्म सिंह कुँवर, सचिवमा छविन्द्र नाथ योगी र कोषाध्यक्षमा भोज बहादुर साउँद निर्वाचित भए । यस्तै पुरुष सदस्यमा खड्का प्यानलका रमेश कडायत र हर्क शाह प्यानलका धर्मराज भट्टले जित हासिल गरेका छन् । पुरुष सदस्यको कुल २ पदका लागि ७ जना निर्वाचनमा होमिएका थिए । त्यस्तै महिला सदस्यहरुमा चन्द्रा कुमारी कठायत, जमुना देवी साउँद, राधा बिष्ट कूँवर र खिमादेवी ओझाले जित हासिल गरिन ।
शनिबार भएको निर्वाचनमा महिला सदस्य पदमा १३ जनाले उम्मेदवारी दिएका थिए । ५ हजार ७४२ उपभोक्ता रहेको खानेपानीको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा २ हजार ७७५ जनाले मतदान गरेका थिए ।