धनगढी । नेपाली कांग्रेसले आजदेखि धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय भेला आयोजना गरेकाे छ। नेपाली कांग्रेसले थालेको ‘जरा अभियान’अन्तर्गत यहाँ प्रदेश स्तरीय भेला हुन लागेको हो । भेलालाई कांग्रेसका सभापति गगनकुमार थापा लगायत केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
विशेष महाधिवेशनबाट निर्वाचित भएपछि थापा पहिलाेपटक निवर्तमान सभापति शेरबहादुर देउवाकाे गृह प्रदेशमा भइरहेको कार्यक्रमलाई सम्बाेधन धनगढी पुगेका छन् । कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले भेलामा प्रदेशस्तरीय प्रशिक्षण भेलामा २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको विस्तृत समीक्षा गरिने बताए। साथै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यसम्पादनबारे पनि छलफल हुने जानकारी दिए।
यसअघि प्रतिनिधि सभा निर्वाचनका क्रममा सभापति थापासहितका नेताहरूले सुदूरपश्चिममा चुनावी सभा गर्न प्रयास गरे पनि आन्तरिक समन्वय अभावका कारण कार्यक्रम हुन सकेको थिएन् । याे भेलामा पनि देउवा पक्षीय प्रदेश सभापति वीरबहादुर बलायर र कैलाली सभापति नारायणदत्त भट्ट भने उपस्थित नभएकाे स्राेतले बताएकाे छ। भेलामा देउवा पक्षका अन्य केही जिल्ला सभापति पनि सहभागी नहुने सम्भावना रहेको नेताहरू बताउँछन् ।