धनगढीका हाेटलबाट अनैतिक क्रियाकलापमा सङ्लग्न ३० पक्राउ

धनगढी । प्रहरीले धनगढीका विभिन्न हाेटलमा छापा मारेकाे छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढीका विभिन्न ६वटा होटलहरुबाट ३० जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका मध्ये १७ महिला र १३ जना पुरुष रहेको प्रहरीले जनाएको छ । होटलहरूमा अवाञ्छित गतिविधि भइरहेको गुनासो आएपछि त्यस्तो गतिविधिमा संलग्न भएको आशंकामा ३० जनालाई नियन्त्रणमा लिएको कैलाली प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए । उनले स्थानीयको गुनासोको आधारमा प्रहरीले होटल सञ्चालकसहितका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको बताए ।

प्रहरीका अनुसार धनगढीको मिलनचोकस्थित कर्णाली होटल एण्ड लज, बसपार्कको एभरेस्ट होटल, एलएनचोक नजिकैको प्रिन्स होटल, क्याम्पस रोडको एम एण्ड ए होटल, ब्ल्याक स्टोन कटेज र सम्झना होटलबाट सञ्चालकसहितलाई नियन्त्रणमा लिईएको हो । उनिहरुमाथी अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.