नल्काकाे मोटर चलाउँदा करेन्ट लागेर धनगढीमा महिलाकाे मृत्यु

धनगढी । धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ  । धनगढी उपमहानगरपालिका-३ विशालनगर बस्ने ३० वर्षीया नन्दकला बिकको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार साँझ आफ्नै घर अगाडि नल्काबाट पानी तान्ने मोटर सञ्चालन गर्ने क्रममा बिकलाई करेन्ट लागेको थियो । गम्भीर अवस्थामा उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो तर अस्पतालमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.