गृहमन्त्रालयबाट बाहिरिदै सुधनले के भने त्यस्ताे ? जसले तरंग ल्यायाे

काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृहमन्त्रालयबाट बाहिरिएका छन् । यसअघि उनले आजै प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा पत्र बुझाएका थिए । राजीनामालगत्तै गृहमन्त्रालय पुगेका उनले कर्मचारीहरूलाई सामूहिक रुपमा धन्यवाद दिए ।

विवादित व्यापारी दीपक भट्टको साझेदार रहेको विषयमा उनको नाम जोडिएको थियो । यसलाई लिएर उनीमाथि चौतर्फी आलोचना भएको थियो । उनले आफूमाथि निष्पक्ष छानबिनको माग गर्दै राजीनामा बुझाएका थिए ।

सम्पत्ति तथा शेयर कारोबारको विषय विवादमा आएपछि सुधन गुरुङले मन्त्रालयको इज्जतका लागि आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । राजीनामा दिएपछि बुधबार मन्त्रालयका कर्मचारीलाई सम्बोधन गर्दै गुरुङले उक्त कुरा बताएका हुन् । ‘तपाईंहरुको क्षमतादेखि म निकै खुसी छु । तपाईंहरुको क्षमतालाई मैले बाहिर ल्याउने काम मात्रै गरेको हुँ । 

यतिन्जेल मलाई सहयोग गरेकोमा तपाईंहरुलाई धन्यवाद दिन चाहान्छु । जुन स्पिरिटले काम गरिएको थियो, त्यसको तपाईंहरु नै हकदार हो । भावुक हुँदै उनले तपाईंहरुको र मन्त्रालयको इज्जतका लागि पनि मैले नैतिकताका आधारमा राजीनामा दिएको हुँ’ गुरुङलाई उदृत गर्दै एक कर्मचारीले भने । गुरुङले दिएको राजीनामालाई धेरैले स्वागत गरेका छन् । आरोप लागेपछि नैतिकता देखाउँदै राजीनामा दिएर अनुसन्धानका लागि बाटो खुल्ला गर्नुलाई धेरैले राम्रो मानेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.