धनगढीबाट ६ जुवाडे पक्राउ

धनगढी । कैलालीको धनगढीबाट ६ जना जुवाडे पक्राउ परेका छन्। पाल्पाको तनहुँ गाउँपालिका घर भई हाल धनगढी उपमहानगरपालिका– ४ स्थित डेरा गरी बस्ने टेक कुमारी गाहामगरको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा टेक कुमारी गाहामगरसहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनले कोठामा जुवातास खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार १४० र ३ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.