देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउलाई राजनीतिक प्रतिशोधको आरोप लगाएको छ । उक्त समूहले विज्ञप्ति जारी गरेर पक्राउविरूद्ध संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णयसमेत गरेको छ ।

आगामी दिनमा आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिक रुपमा सामना गर्न आफ्ना समूहका नेता–कार्यकर्तालाई तयार रहन अपिलसमेत गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “सरकार गठन भएलगत्तै दुराशयपूर्ण तवरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको देखिन्छ,’ कांग्रेसकै लेटर प्याडमा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने नेपाली कांग्रेसको यो बैठक निर्णय गर्दछ ।

प्रक्रिया पूरा नगरी तत्कालिन सरकारका पदाधिकारीहरूलाई पक्राउ गर्नु कानुनी राज्यको बर्खिलाप र राजनीतिकरूपमा पूर्वाग्रह प्रेरित रहेको देउवा समूहको तर्क छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा प्रहरीले शनिबार बिहान ओली तथा लेखकलाई पक्राउ गरेको थियो ।

656822631_2382831948

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.