ओली पक्राउको विरोधमा धनगढीमा प्रदर्शन, रिहाइको माग

धनगढी । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा कैलालीको धनगढीमा प्रदर्शन गरिएको छ। नेकपा एमालेका जनवर्गीय संगठनहरूले जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि विरोध प्रदर्शन गरेका हुन्।

एमाले पार्टी कार्यालय धनगढीबाट सुरु भएको विरोध र्‍याली विभिन्न नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो। र्‍यालीमा सहभागीहरूले सरकारले राजनीतिक पूर्वाग्रह राख्दै आफ्ना नेताहरूलाई पक्राउ गरेको आरोप लगाउँदै चर्का नाराबाजी गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले यदि अध्यक्ष ओलीलाई शीघ्र रिहा नगरिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्। उनीहरूले देशभर आन्दोलन विस्तार गर्ने तयारीसमेत रहेको बताएका छन्। 

प्रदर्शनका क्रममा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.