नव नियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सफथ, यस्ताे छ १५ सदस्यीय मन्त्रीमण्डल

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री शाxले आफूसँग ३ मन्त्रालय राखेका छन् । 

प्रधानमन्त्री शाहले आफूसँग प्रधानमन्त्री कार्यालयसँगै रक्षा तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय राखेका छन् । शाहले सुनिल लम्साललाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, सस्मित पोखरेललाई शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

प्रतिभा रावललाई भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन, गीता चौधरीलाई कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरण र निशा मेहतालाई स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

बाँकी मन्त्रीलाई एक÷एक मन्त्रालयको जिम्मेवारी दिएका छन् । त्यस्तै डा. स्वर्णिम वाग्लेलाई अर्थ, सुदन गुरुङलाई गृह, शिशिर खनाललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

विराजभक्त श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाई, खडक पौडेल (गनेस)लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा.विक्रम तिमल्सिनालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

सोविता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका शाहले श्रम रोजगार मन्त्रालयको जिम्मेवारी दीपक साहलाई र सीता बादीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.