घाँटीमा हँसिया प्रहार गरी आमाको हत्या गर्ने छाेराे फरार

महेन्द्रनगर । कञ्चनपुरमा हँसिया प्रहार गरी एक वृद्धाको हत्या भएको छ । दोधाराचाँदनी नगरपालिका– ४ मान्या चौराहमा गए राति ७५ वर्षीया बिन्दा श्रेष्ठको हत्या भएको हो ।

उनीमाथि घाँटीमा हँसिया प्रहार गरिएको छ । बिन्दाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, आक्रमणमा परेर बिन्दाकी ५५ वर्षीया छोरी भगवतीदेवी श्रेष्ठ (माझी) घाइते भएकी छन् । उनको अवस्था मध्यम रहेको र उपचारका भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताए ।

बिन्दाकै ५० वर्षीय सौतेनी छोरा हरिप्रसाद श्रेष्ठमाथि हत्यामा संग्लन भएको आरोप छ । उनी घटनापछि फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक थापाले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.