सुदूरपश्चिममा रास्वपा पहिलो, कांग्रेस/एमालले दाेस्राे, नेकपा शुन्य

धनगढी । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिममा ठुलो दल बनेको छ । प्रदेशका १६ सिटको अन्तिम मत परिणाम सार्वजनिक हुँदा रास्वपाले १० सिटमा जित हात पादै पहिलो बनेको छ । नेपाली कांग्रेस र नेकपा एमालले ३/३ सिट जितेका छन ।

रास्वपाले कैलाली कञ्चनपुरमा क्लिन स्वीप गरेर ८ सिट र डडेल्धुरा, बैतडीबाट २ सिट गरी १० सिटमा जित हात पारेको हो । जसअन्तर्गत कैलाली १ मा रास्वपाकी कोमल ज्ञवाली, २ मा केपी खनाल, ३ मा जगतप्रसाद जोशी, ४ मा खेमराज कोइराला र ५ मा आनन्द बहादुर चन्द विजयी भएका छन् । तीन सिट रहेको कञ्चनपुरमा पनि रास्वपा फराकिलो मतान्तर सहित विजयी भएको छ । कञ्चनपुर १ मा जनकसिंह धामी, २ मा दीपक बोहरा, ३ मा ज्ञानेन्द्रसिंह महता विजयी भएका छन् । यस्तै डडेल्धुरामा डा. ताराप्रसाद जोशी र बैतडीबाट हरिमोहन भण्डारी विजयी भएका छन् । 

कांग्रेसले अछाम १, बाजुरा र डोटीमा जित हात पारेको छ । अछाम १ मा भरतकुमार स्वाँर, बाजुरामा जनक राज गिरी र डाेटीमा भरतबहादुर खडका विजयी भएका छन् । एमालेले अछाम २, दार्चुला र बझाङमा जित निकालेको छ । दार्चुलामा नेकपा एमालेका गणेशसिंह ठगुन्ना, बझाङबाट ऐनबहादुर महर र अछाम २ मा यज्ञबहादुर बोगटी निर्वाचित भएका छन् । यहाँ स्थापित नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले कुनै सिट जित्न सकेनन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.