टी-२० विश्वकपकाे दाेस्राे सेमिफाइनलमा इंग्ल्यान्ड र भारत भिड्दै

आईसीसी टी-२० विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा अहिले आयोजक भारतले इंग्ल्यान्डको सामना गर्दै छ । यी दुई टोलीबीचको सेमिफाइनल खेल बेलुका सवा ७ बजेदेखि मुम्बईको वानखेडे स्टेडियममा सुरु हुनेछ । 

इंग्ल्यान्ड सुपर ८ को समूह २ बाट विजेताका रूपमा तथा भारत समूह १ को उपविजेताका रूपमा सेमिफाइनल खेल्न लागेका हुन् । इंग्ल्यान्ड र भारत दुवै २-२ पटकको उपाधि विजेता समेत हुन् । यस्तै यी दुई टोली लगातार तेस्रोपटक सेमिफाइनलमा खेल्न लागेका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.