कञ्चनपुरमा तीन हजारभन्दा बढी अस्थायी मतदाता थपिए

कञ्चनपुर । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न कञ्चनपुरमा तीन हजारभन्दा बढी अस्थायी मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार अस्थायी मतदाताको विवरण सङ्कलन गरेर नामावली प्रकाशित गरिएको हो । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीले जिल्लामा रहेका सबै सरकारी कर्मचारी, संस्थानका कर्मचारी, सुरक्षाकर्मी, कारागारमा रहेका कैदीबन्दीको विवरण सङ्कलन गरेर नामावली प्रकाशित गरिएकाे हाे। उनीहरुले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न पाउने छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रकाशित नामावली अनुसार जिल्लास्थित ५० सरकारी कार्यालयका ७४५ जना कर्मचारी, संस्थान र बैङ्क गरेर सात कार्यालयबाट १३२ जना, नौ वटै स्थानीय तहबाट एक हजार १७७ जना, प्रावि शिक्षक २८६ जना, ८२६ सुरक्षाकर्मी, १२२ जना निर्वाचन प्रहरी र २१ जना कारागारका कैदी गरेर तीन हजार ३०९ जना अस्थायी मतदाता छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.