बैतडीमा फेरी बस दुर्घटना, चालकको मृत्यु

डडेल्धुरा । जन्ती बाेकेर फर्किरहेकाे बस दुर्घटना दाेस्राे दिन बैतडीमा फेरी ईभीको गाडी (हाइस) दुर्घटना भएकाे छ । दुर्घटनामा चालकको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका-३ खोचलेकबाट कालागाउँतर्फ जाँदै गरेको सुपप्र ०२००१ज०६२४ नम्बरको ईभी हाइस सिल्लेगडा-बडिया सडकखण्डकफ घोडेधारनजिक शनिबार राति दुर्घटना भएको हो ।

गाडीमा चालक दोगडाकेदार-५ का मदन ठगुन्ना मात्रै रहेको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

हाइस सडकबाट २५० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.