काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरिएको छ । मंगलबार आयोगले उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरिएको हो ।
६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्नमा कायम भएका ३ हजार १३५ उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए । प्रकाशित बन्दसूचीमा १ हजार ७३२ महिला र १ हजार ३६३ पुरुष छन् । यसअघि आयोगले बन्दसूचीमा समावेश ७६ जनाको नाम हटाएको थियो ।