डडेल्धुरामा भेटघाट गरि बालेन शाह हिडे बैतडी

अमरगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम प्रदेशका पहाड उक्लिएका छन् । चुनावी प्रचारप्रसारका लागि यहाँ आइपुगेका बालेनले डडेल्धुरामा पार्टी नेता तथा कार्यकर्तासँग भेट गरेका छन् । 

बुधवार बिहान शेरबहादुर देउवाकाे गाँउले बजार साहुखर्कमा खिर खाएर डडेल्धुरा सदरमुकाम तुफानडाँडामा जिल्ला पार्टी सम्पर्क कार्यालय छिरेका थिए । कैलाली, कञ्चनपुरको भ्रमण मंगलबार भ्याएका उनले बुधबार सुदूरपश्चिमकै पहाडी जिल्लामा हुने कार्यक्रममा सहभागी हुँदैछन् । बालेनले डडेलधुरा, बैतडी, दार्चुला र बझाङमा हुने कार्यक्रममा सहभागिता जनाउने बताइको छ ।

यस्तो छ भ्रमण तालिका
क्षेत्रः डडेलधुरा, बैतडी, दार्चुला र बझाङ
बिहान ९ः३० बजेः तुफानडाँडा, डडेलधुरा (जिल्ला पार्टी सम्पर्क कार्यालय)

अपराह्न १२ः३० बजेः पाटन, बैतडी (पार्टी सम्पर्क कार्यालय)

दिउँसो ४ः०० बजेः गोकुले, दार्चुला (पार्टी सम्पर्क कार्यालय)

राति ८ः०० बजेः बुङ्गल, बझाङ 

बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन् । उनी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्न लागेका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.