सुदूरपश्चिममा उम्मेदवारी दर्तासँगै सभापति गगन थापाकाे पुत्ला दहन

धनगढी । प्रतिनिधिसभा सदस्यकालागि सुदूरपश्चमका १६ वटैमा  निर्वाचन क्षेत्रमा शान्तिपुर्ण उम्मेदवारी दर्ता भएका छन् । विभिन्न पार्टीका उम्मेदवारी दर्ता उल्लासमय देखिएपनि नेपाली काँग्रेसमा चाँहि विगत जस्ताे उत्साह देखिएन ।

उता कञ्चनपुर क्षेत्र नम्बर तीनमा उम्मेदवारी दर्तासँग काँग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माको पुत्ला जलाइएको छ। पूर्वगृहमन्त्री रमेश लेखकलाई टिकट नदिएको भन्दै उनका समर्थकहरूलेे सभापति थापा र उपसभापति शर्माको पुत्ला जलाएका हुन्।

कञ्चनपुरकाे यो क्षेत्रबाट २०५६, २०७० र २०७९ को निर्वाचनमा प्रतिनिधि सभामा पूर्वगृहमन्त्री लेखक निर्वाचित भएका थिए । लेखक देउवाका विश्वास पात्र हुन ।

तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कांग्रेसले क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापति गोपी उपाध्याय, क्षेत्र नम्बर २ मा पूर्वमन्त्री एनपी साउँद उम्मेदवार बनाएको छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.