बझाङ । बझाङ सदरमुकाम चैनपुरमा आगलागी भएको छ । शुक्रबार बिहान एउटा सिरक डस्नाकाे पसलबाट सुरु भएको आगलागी बजारका अन्य पसलहरुमा समेत फैलिएको थियाे।
डेढ दुई घण्टा नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाका साथै जय पृथ्वी नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको क्षति र कारण बारे खुल्न सकेको छैन ।