सिकार खेल्न गएका १ काे मृत्यु, बन्दुकसहित ५ जना पक्राउ

धनगढी । जाजरकोटमा सिकार खेल्न गएका एक जनाको मृत्यु भएको छ । सिकार खेल्न गएका ६ जनामध्ये बारेकोट गाउँपालिका-८ का ३६ वर्षीय प्रचण्डदेव सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रचण्डदेवसँगै सिकार खेल्न गएका पाँच जनालाई  भरुवा बन्दुकसहित पक्राउ गरेको छ । अनुसन्धानका क्रममा घटनास्थल नजिक खाल्डोमा भरुवा बन्दुकसहितका हातहतियार फेला परेपछि बारेकोट गाउँपालिका-८ का ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र १९ वर्षीय लालबहादुर सिंहलाई पक्राउ गरिएको हो ।

अभियुक्तहरूबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामको चक्कु, १३५.१८ ग्राम बारुद र २१ थान भरुवा बन्दुकमा प्रयोग हुने धातुका टुक्रा बरामद भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.