धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य शिवसिंह ओलीले प्रदेश सरकार भन्ने एक गर्ने अरुथाेक भन्दै आक्राेष पाेखेका छन् । लामाे समयपछि चलेकाे प्रदेशसभाकाे आजकाे बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद ओलीले १० लाख मुनिका याेजना स्थानीय तहमा हस्तान्तरण किन नगरेको भन्दै प्रदेश सरकारप्रति ओक्राेश पाेखेका हुन् ।
उनले जनताकाे आवाज बाेलेकाै भन्दै सार्वजनिक खरिद नियमावली २०६४ काे ९७ काे विपरित भएकाे भन्दै सरकारले आफ्नाे प्रतिबद्धता र कानूनकाे धज्जि उडाएकाे बताए । नेपाली काँग्रसका कमलबहादुर शाह नेतृत्वकाे सरकारले कार्यक्रम तथा बजेट प्रस्तुत गर्दा २५ हजार मुनिका याेजना स्थानीय तहले हेर्ने र उपभाेक्ता समितिलाई रिरुत्साहित गरिने भनेकाेमा सरकाले मनाेमानी गरेकाे भन्दै सरकारकाे जफाव खाेजे।
जनभावना बाहिर सरकार नजाओस् उनकाे भनाई थियाे । सरकारकाे यस्तै ब्यवहार रहे प्रदेशसभामा सबैभनदा ठूलाे दल नेपाली कम्युनिष्ट पार्टीले जनभावना अनुसार सुशासन कायम गर्न साेच्नुपर्ने चेतावनी उनकाे थियाे ।
नेपाली कम्युष्ट पार्टीमा नागरिक उन्मुक्ती पार्टी समाहित भएपछि सुदूरपश्चिम प्रदेशसभामा नेपाली कम्युनिष्ट पार्टी सबै भन्दा ठूलाे पार्टी भएकाे छ ।