नेकपा (माओवादी)द्वारा देशव्यापी संघर्षकाे घाेषणा

धनगढी । नेकपा (माओवादी) ले संघर्षका कार्यक्रम घोषणा गरेको छ । अर्घाखाँचीको सितगङ्गा–११ मा रहेको कम्युनमा प्रहरीले छापा मारेको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको हो ।

नेकपा माओवादीको शनिबार बसेको स्थायी समिति बैठकले मशाल जुलुस, कोणसभा, विरोध प्रदर्शनलगायत संघर्षका कार्यक्रम घोषणा गरेको छ । जसअनुसार १३ पुसमा दिउँसो २ बजे कोणसभा, १४ पुस दिउँसो २ बजे विरोध प्रदर्शन र १५ गते दिउँसो १ बजे काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।

११ पुसमा सुरक्षाकर्मीको एक टोलीले अर्घाखाँचीको सितगङ्गा ११ मा रहेको नेकपा माओवादीले सञ्चालन गरिरहेको कम्युनमा छापा मारेको थियो । त्यसक्रममा केही हतियार र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.