रास्वपाको समानुपातिक उम्मेदवार बन्न सुदूरपश्चिमबाट ३० जनाकाे निवेदन

धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ उम्मेदवार हुन इच्छा व्यक्त गर्दै आवेदन दिएकाहरुको नामावली सार्वजनिक गरेको छ । जसअनुसार सुदूरपश्चिमबाट ३० जनाले निवेदन गरेका छन् । 

पार्टीका अनुसार उक्त सूचीमा समावेश उम्मेदवारसँग छलफल यही पौष ५ गते बिहान ११ः०० बजेदेखि सौराई ब्याङ्केट एन्ड ईभेन्ट शहिदगेट, धनगढीमा हुनेछ । छलफलपछि उम्मेदवार छनोट रूपरेखा अनुसार पौष ६ र ७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

रास्वपाले सूचीमा परेका उम्मेदवारलाई आवश्यक तयारी समयमै पूरा गर्न अनुरोध गर्दै थप जानकारीका लागि सम्बन्धित प्रदेश सभापतिसँग सम्पर्क गर्न आग्रह गरेको छ । कुनै कारणवश कसैको नाम सूचीमा छुटेको भए पनि प्रदेश सभापतिमार्फत जानकारी गराउन पार्टीले अनुरोध गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.