सरकारी तथा जनप्रतिनिधिसँग अपाङ्गता समावेशी नीतिबारे अन्तकृया सम्पन्न

धनगढी । कैलालीकाे धनगढीमा स्थानीय सरकार तथा जनप्रतिनिधिहरुलाई अपाङ्गता समावेशी नीतिहरु सम्बन्धि अन्तक्रिया तथा अभिमुखीकरण गरिएकाे छ । बाैद्धिक अपाङ्गता अविभावक संघ कैलालीले आयाेजना गरेकाे उक्त कार्यक्रममा सराेकारवाला सरकारी निकाय र धनगढी उपमहानगरका वडाअध्यक्षहरु सहभागी थिए । 

बाैद्धिक अपाङ्गता अविभावक संघ कैलालीका अध्यक्ष निर्मला बिष्टकाे सभापतित्वमा भएकाे उक्त कार्यक्रमकाे प्रमुख अतिथि धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला राना थिईन् । सरकारी तथा जनप्रतिनिधिसँग अपाङ्गता समावेशी नीतिबारे ‘किनारादेखि मूलधारसम्म- परिबर्तनकाे सिद्धान्त’ विषयमा सहजिकरण अपाङ्गता अभियानकर्मी नन्दराज भट्टले गरेका थिए ।

अन्तक्रिया तथा अभिमुखीकरणमा धनगढी उपमहानगरपालिका उपप्रमुख तथा सहभागी १९ वटै वडाअध्यक्षले अपाङ्गता समावेशी नीतिहरु कार्यान्वयनमा पहल गर्ने प्रतिबद्धता जनाएका थिए भने अपाङ्गता अधिकारकर्मीहरुले अझैपनि समावेशी नीति नअपनाईएकाे गुनासाे गरेका थिए ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.