सुदूरपश्चिम महाेत्सवमा शनिबार लोकप्रिय गायक प्रकास सपुत आउने

धनगढी । धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा शनिबार विशेष प्रस्तुति कार्यक्रमसहित थप रंगिन हुँदैछ। महोत्सवको छैटौँ दिन मंसिर २७ गते (शनिबार) लोकप्रिय गायक प्रकास सपुतलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गर्ने तयारी भइरहेको आयोजकले बताएका छन्।

कैलाली उद्योग वाणिज्य संघका सचिव तथा सांस्कृतिक संयोजक प्रकास चन्दका अनुसार सपुतसँगै शनिवार शान्ति श्री परियार, हेमन्ता भट्टराई, भुवन दाहाल, बिष्णु भट्टलगायतका कलाकारले पनि आफ्ना उत्कृष्ट कला प्रस्तुत गर्नेछन्। संगीतसँगै ग्ल्यामरको रौनक थप्ने उद्देश्यले चर्चित मोडल पुस्पा कडैलाको पनि विशेष प्रस्तुति रहने चन्दले जानकारी दिए। 

मंसिर २२ गतेबाट सुरु भएको महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ। स्थानीय उत्पादन, पर्यटन, संस्कृति र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ जारी महोत्सवमा दैनिक हजारौं दर्शकहरुको भीड देखिन्छ। शनिवारको कार्यक्रममा अझै बढी दर्शकको उपस्थिति रहने अपेक्षा आयोजकले गरेका छन्।

महोत्सवका विभिन्न स्टल, स्थानीय उत्पादन, सांस्कृतिक झाँकी, बाल–मनोरञ्जन कार्यक्रमसँगै राष्ट्रिय कलाकारको उपस्थिति थप आकर्षण बनेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.