‘जनविरोधी कामको बिरुद्ध हामी एक भयाैं’ -भीम रावल

धनगढी । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भिम रावलले जनविरोधी कामको बिरुद्ध आफुहरु एक भएकाे बताएका छन् । आज कैलालीकाे अत्तरियामा नेपाली कम्युनिष्ट पार्टीको नगर एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

२०४६ साल देखि यता परिवर्तनको नाममा देशमा लगातार एकपछि अर्को नचाहिदो परिवर्तनको प्रयोग र गलत तत्वको प्रयोगशाला बनिरहेका कारण देशमा विकास हुन नसकेको भन्दै उनले भने अव त्यस्तो हुन नदिन नेपाली कम्युनिष्ट पार्टीले देशलाई विकसित राष्ट्रकाे दाजोमा पुगाउने दावी गरे । आफनै माटोमा उत्पादन र वनस्पती खानीज उर्जा प्रयोग गररे उद्योग संचालन गर्ने निति लिएर अघि बढ्ने उनकाे भनाई थियाे ।

‘हामी एक भएका छौ उनले भने जनविरोधी कामको बिरोध र फलफुल, तरकारी खाद्यवाली उत्पादन गरेर कृषि क्षेत्रमा आमुल परिवर्तनका कार्यक्रम ल्याउने लक्ष्य नेपाली कम्युनिष्ट पार्टीकोे रहेको छ ।’  उनले शिक्षामा आमुल परिवर्तन ल्याएर बिधार्थीलाई विदेश अध्ययन गर्न जान रोक्ने लक्ष्य पनि नेपाली कम्युनिष्ट पार्टीको रहेको बताए । सिमा नाकाको रक्षा गर्नु र जनताको सुरक्षा गर्नु सरकारको दायित्व रहेको उनले बताए ।

युवाहरुले सामाजिक सञ्जाल फुकुवाको माग गर्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकारले युवामाथि गोली प्रहार गरेको बताए । नेपाली कम्युनिष्ट पार्टीको आज अत्तरियामा आयोजित गोदावरी नगर एकता सन्देश सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने ‘युवाहरुले सामाजिक सञ्जालमाथिको प्रतिवन्ध हटाउन माग गर्दै भदौ २३ गते आन्दोलन गरेका थिए । तर,तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको कांग्रेस,एमालेलगायत दलको सरकारले निहत्था युवामाथि गोली प्रहार ग¥यो ।’

उनले भने ‘हामीले त्यो बेला नै सरकारले गोली चलाउनु गलत हो भनेका थियौँ । तत्कालीन सरकारले सुनेनन् । उहाँहरुले अझै कमजोरी स्वीकार्नु भएको छैन् ।’ उनले देश जलिरहँदा तत्कालीन प्रधानमन्त्री ओली हेलिकप्टर चढेर भागेको बताए । उनले दुई ठूला दलको दम्भी सरकारका कारण देश खरानी भएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.