सुदूरपश्चिमबाट छनाैट एमाले महाधिवेशन प्रतिनिधि अधिकंस ओली समर्थक

धनगढी । सुदूरपश्चिममा डाेटीबाहेक एमालेको महाधिवेशनका लागि प्रतिनिधि चयन गरेको छन् । कतै सहमतिमा त कतै निर्वाचनमार्फत प्रतिनिधि छनाैट भएका छन् । तिमध्ये अधिकांस अध्यक्ष केपी ओली समर्थक रहेका छन् ।

उता डोटीबाट भने प्रतिनिधि चयन गर्न बाँकी रहेको छ । १० जना प्रतिनिधि छनोट गर्नुपर्ने डोटीमा भने ४३ जना आकांक्षीले उम्मेदवारी दिएपछि मतदान प्रक्रियामा नगई सहमतिमा टुंगो लगाउन पदाधिकारीलाई जिम्मेवारी दिइएको हो । बझाङमा ऐन महर समूह र भैरवबहादुर सिंह समूहबीच बेग्लाबेग्लै समूह बनेपछि शनिवार प्रतिनिधि चयन टुंगो लाग्न सकेको थिए । शनिवार दिनरातको प्रयासमा सहमति नभए पनि आइतबार सहमति भएको नेता–कार्यकर्ताहरूले बताएका छन् ।

कैलालीमा मतदान भएका निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ४ र ५ मा लेखराज भट्ट र कर्ण थापा समर्थक एकातिर र अर्कोतिर दामोदर भण्डारी समर्थक समूह बनेको थियो । अत्तरिया क्षेत्र पर्ने क्षेत्र नम्बर ४ को मतदान नतिजामा ६ जना नै भट्ट–थापा समूहका विजयी भएका छन् । यता धनगढी पर्ने निर्वाचन क्षेत्र नम्बर ५ मा भएको मतदानमा दामोदर भण्डारी पक्षका एकलौटी प्रतिनिधि चयन भएका छन् ।

यस्तै कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा भएको मतदानमा नेताहरू कमला बोहरा, नरबहादुर धामी र राजेन्द्रसिंह रावल एकातिर र अर्कोतिर दीपकप्रकाश भट्ट, निरु पाल, तारा लामा, पल्लवराज भट्टलगायतका नेताहरूको समूह बनेको थियो। त्यसरी भएको मतदानमा सबै निर्वाचन क्षेत्रबाट दीपकप्रकाश भट्ट, निरु पाल, तारा लामा, पल्लवराज भट्ट समूह समर्थक प्रतिनिधि एकलौटी रूपमा निर्वाचित भएका स्थानीय नेता–कार्यकर्ताहरूले बताए ।

सर्वसम्मत भएका जिल्लाहरू बाजुरा, बैतडी, डडेलधुरा, दार्चुलामा अधिकांश प्रतिनिधि केन्द्रमा ओली समर्थक नै चयन भएको एमाले नेता–कार्यकर्ताले बताएका छन् । ‘कर्ण थापाको गृह जिल्ला बाजुरामा १६ जना प्रतिनिधिमध्ये अध्यक्षमा खुलेरै ईश्वर पोखरेललाई मतदान गर्ने ३ जना मात्र चयन भएका छन्, ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.