धनगढी । एमालेको निष्कासनमा परेर मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका डा. भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने भएका छन् । नेकपा माओवादी, एकीकृत समाजवादीसहित १० दलबीच एकता भई नेपाली कम्युनिष्ट पार्टी बनेपछि रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई पनि पार्टीमा समाहित गर्न छलफल भएको हो ।
सोही क्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू प्रकाश ज्वाला, भानुभक्त जोशी, शेरबहादुर कुँवरलगायतले रावलसँग भेटवार्ता गरेका थिए। उक्त छलफलपछि रावल नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने कुरा करिब करिब टुंगिएको एक नेता भने ।
उनका अनुसार रावललाई नेपाली कम्युनिष्ट पार्टीको छैटौँ वरीयता दिन नेताहरू सकारात्मक रहेको छन्।