विश्वकप छनोटको सुपर सिक्सअन्तर्गत नेपाल यूएईसँग भिड्दै

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत पहिलो खेलमा यूएईसँग खेल्दै छ । खेल ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ ।

समूह चरणमा तुलनात्मक रूपमा कमजोर टोलीसँग खेलेको नेपालले आज पहिलो खेलमै आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी यूएईको सामना गर्दै छ । नेपाल र यूएई दुवै समूह चरणमा अपराजित रहेर सुपर सिक्स खेल्न लागेका छन् । दुवैले सुपर सिक्सका लागि २ अंक पनि जोडिसकेका छन् ।

नेपाल र यूएईबीचको खेललाई एसोसियटको ‘महाभिडन्त’ पनि भन्ने गरिन्छ । यी दुई टोलीको पछिल्लो लय र पहिलेका नतिजाले दुई टोलीलाई एकअर्काको ‘राइभल’ बनाएका छन् । आजको खेल पनि महत्वपूर्ण खेलमध्येको एक हुनेछ । यस खेल जित्ने टोलीको सुपर सिक्समा बलियो सुरुवात हुनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.