कैलाली उद्योग वाणिज्यको निर्वाचनमा १९४० मत खस्यो, मत गणना हुँदै

धनगढी । कैलाली उद्योग वाणिज्य संघको चुनावमा एक हजार ९४० मत खसेको छ। आज शनिवार भएको मतदानमा कुल मतदाताको ८३ प्रतिशत मत खसेको हो।

उद्योग वाणिज्य संघको चुनावका लागि दुई हजार ३३५ जनाको नाम मतदाता नामावलीमा समावेश थियो। शनिवार बिहान १० बजे सुरू भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो। मतदानको सम्पूर्ण प्रक्रिया सकेर आजै रातिबाट मतगणना हुने प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टले बताए।

कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पुष्कर ओझा र रुपेश स्वाँरको प्यानलसँगै केहीले स्वतन्त्र रुपमा  प्रतिस्पर्धा गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.