कैदिबन्दी भागेकाले सुदूरपश्चिममा सुरक्षा सतर्कता थप बढाइयाे

धनगढी । नेपालीहरूको महान पर्व बडादसैँ सुरु भइसकेको र चाडपर्वमा हुनसक्ने सम्भावित घटना तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा योजना लागुहुँदै आएको छ । यस्तैमा पछिल्लो घटनाक्रमका कारण यो बर्ष सुरक्षा चुनौती बढेसगैं सुदूरपश्चिममा बिषेश सुरक्षा योजना बनाइएको हाे।

यसपटक जेन–जी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दीका कारण सुदूरपश्चिम प्रदेशमा सुरक्षा चुनौती बढेको छ । जबरजस्ती करणी, कर्तव्य ज्यानलगायतका मुद्दामा दोषी ठहर भइसकेका व्यक्ति कारागारबाट फरार रहेको कारण यसपटकको चाडपर्वमा सुरक्षा चुनौती बढेको सुरक्षा अधिकारीहरू बताउँछन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी डम्बरबहादुर विकले चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना बनाएर विगतभन्दा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सुरक्षा निकायबीच समझदारी भएको बताए ।

उनले चाडपर्वमा आपराधिक गतिविधि नियन्त्रण गर्नका लागि सुरक्षा सतर्कता बढाइएको भन्दै चाडपर्वमा हुनसक्ने सम्भावित घटना र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा रणनीति तयार पारिएको बताए । उनले दसैँ, तिहार र छठका लागि भारतबाट फर्किएका नागरिकको सुरक्षा र आवागमनमा सहजताका लागि विशेष योजना तयार भइरहेको बताए ।

उनका अनुसार चाडपर्वमा हुने आवागमनलाई सहज बनाउन बसपार्क, सीमा नाकालगायतका ठाउँमा नागरिक सहायता कक्षा स्थापना गर्न थालिएको छ । चाडपर्वको अवधिमा आवागमन धेरै हुने भएकोले ट्राफिक व्यवस्थापनको योजना पनि बनिरहेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार चाडपर्व लक्षित सुरक्षा योजनामा सीमा सुरक्षासँगै चोरी, तस्करी, ठगी, लुटपाट, जुवालगायतका आपराधिक गतिविधि नियन्त्रणको विषयमा समेत रणनीति तयार पार्न थालिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.