पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने बताइएको छ । आजै सानो मन्त्रीपरिषद्समेत गठन गरिने बताइएको छ ।राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले आजै राति ९ बजे शपथ ग्रहण कार्यक्रम शीतलनिवासमै राखिएको बताए।
उनका अनुसार मन्त्रिपरिषद्को गठन आजै गरी त्यसको पहिलो बैठक शीतलनिवासमै बस्नेछ। सोही बैठकले संसद विघटनलगायतका सिफारिस गर्नेछ।