जङ्गली हात्तीले घर भत्काउन थालेपछि त्रासमा कञ्चनपुरबासी

कञ्चनपुर । बस्तिमा पसेर जङ्गली हात्तीले घर भत्काउन थालेपछि यत्तिबेला कञ्चनपुरबासी त्रासमा छन् । कञ्चनपुरका दाेधराचाँदनी बेल्डाँडी लालझाडी बेलाैरी पुनर्वास कष्णपुर लगायतका पालिका अहिले जङ्गली हात्तीको त्रासमा छ ।

पछिल्लाे समय कृष्णपुरकाे दाेमिल्लामा करिब २ दर्जन हात्ती बस्तीमा पसेर तहसनहस पारिरहेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ मा पर्ने उक्त क्षेत्रमा हात्ती गाउँमा पसेर घर भत्काउने, धान बाली मास्न थालेपछि स्थानीय त्रसित बनेका छन् । स्थानीय अम्बदत्त भट्टले दैनिक जस्तो हात्ती बस्तीमा पस्न थालेपछि स्थानीय त्रसित बनेको बताए । उनले हात्तीले बस्तीमा पसेर घर भत्काउनुका साथै धान बालीमा पनि क्षति पुगाएको बताए । ‘हात्ती बस्तीमा पस्न थालेपछि अहिले हामी रातभर जाग्राम बस्न बाध्य भएका छौ’ उनले भने ‘राती हात्ती घर आँगनमै आउने भएकाले पालो पालो लगाएर रातभर कुर्ने गरेका छौ ।’

अर्का स्थानीय गणेशप्रसाद भाटले आफू घर भित्रै भएको बेला हात्तीको बथानले घर भत्काएको बताए । उनले घरभित्र राखिएको अन्न, लुगा कपडा कुल्चिएर नष्ट गरेको बताए । पछिल्लो समय दोमिल्लामा हात्तीको बथान घर आँगनमै आउन थालेको छ । हात्तीले आँगनमै पाइला बजार्न थाले पनि स्थानीय त्रसित छन् ।

हात्तीले धान खेती सँगै सामुदायिक वनमा लगाइएको अम्रिसोखेती र नेपियर घाँस समेत खाएर सखाप पारेको छ । स्थानीय मदन नेपालीले हात्तीले गाउँमा आतकं मच्चाएको भए पनि सरोकार वाला निकायले चासो नदिएको बताए । उनले हात्ती नियन्त्रणका लागि कुनै पहल नभएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.