१६ गतेदेखि धनगढीको खुलामञ्चमा गौरा महोत्सव हुने

धनगढी । विगतमा झैं यस बर्ष पनि धनगढीमा गौरा महोत्सव हुने भएको छ । गौरा पर्वका अवसरमा यही भाद्र १६ गतेदेखि धनगढीको खुलामञ्चमा गौरा महोत्सव हुने भएको हो ।

देउडा प्रतिष्ठानले गौरा महोत्सवको १०औ संस्करण आयोजना गर्न लागेको प्रतिष्ठानका केन्द्रिय अध्यक्ष सुरत रावत डोटेली कान्छाले बताएका छन । उनले प्रतिष्ठानले हरेक बर्ष गौरा पर्वको अवसरमा महोत्सवको आयोजना गर्ने गरेको बताए ।

धनगढीको खुला मञ्चमा ३ दिनसम्म सञ्चालन हुने गौरा महोत्सवमा विभिन्न समुदायका झाँकी, चर्चित देउडा गायक गायिकाका दोहोरीसंगै विद्यालय स्तरीय डेउडा प्रस्तुति रहने अध्यक्ष रावतले बताए । नेपालकाे सुदूरपश्चिम र कर्णाली प्रदेशको पहिचानको रुपमा रहेको देउडालाई देश-विदेशमा प्रचारप्रसार गर्ने हेतुले महोत्सव आयोजना गर्ने गरिएको उनले बताए ।

यस क्षेत्रको पर्यटन प्रबद्र्धनका साथै भाषा, कला, साहित्य, संस्कृति, भेषभुषा र रहनसहनको प्रचार प्रसार एवं युवा पुस्तालाई लोक संस्कृतिको जगेर्नामा उत्साहित गर्न महोत्सवले महत्वपुर्ण योगदान पुर्याईरहेको उनले बताए ।

सुदूरपश्चिम गौरा महोत्सवमा कुनै पनि शुल्क नराखिएको आयोजकले जनाएको छ ।Image

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.