प्रधानमन्त्री ओलीका औपचारिक कार्यक्रम सबै स्थगित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आराम गरिरहेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीलाई बुधबार सामान्य ज्वरो आएपछि चिकित्सकहरुले आराम गर्न सल्लाह दिएका थिए ।

अस्वस्थ भएपछि प्रधानमन्त्री ओली बुधबार संसदमा तय भएको प्रश्नोत्तरको कार्यक्रममा सहभागी भएका थिएनन् भने आजपनि औपचारिक कार्यक्रम स्थगित गरी बालुवाटार निवासमा आराम गरिरहेको बताइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.