कैलालीमा जुवाखालबाट दुई लाखसहित आठ जना पक्राउ

धनगढी । कैलालीमा जुवाखालबाट आठ जना पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका– ८ मसुरिया बजारमा बस्ने ३० वर्षीय टेक मन्नीले सञ्चालन गरेको चाइनिज कर्नर सेन्टरको कोठाभित्र जुवातास खेलीरहेको अवस्थामा आठ जनालाई पक्राउ गरिएको हो । 

गोप्य सूचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा टेक मन्नीसहित आठ जनालाई दुई लाख १३ हजार २७० नेपाली र चार हजार पाँच सय भारतीय रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले बताएकाे छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मसुरियाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.