Dashain Suvakamana

झण्डा फहराउन खाेज्दा अछाममा करेन्ट लागेर एकको मृत्यु, पाँच जना घाइते

Ajai

धनगढी । झण्डा फहराउने क्रममा करेन्ट लागेर अछाममा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–१ जयगढ बजारस्थित बर्दादेवी मन्दिर नजिक कृष्ण जन्माष्टमीका अवसरमा लाग्ने मेलाको तयारीस्वरूप सार्वजनिकस्थलमा नेपालको राष्ट्रिय झण्डा गाड्ने क्रममा करेन्ट लागेको हो ।

झण्डामा लगाइएकाे फलामे झण्डाले बिजुलीको तारमा छुँदा करेन्ट लागेर घाइते भएका मेल्लेख गाउँपालिका–७ नन्देगडा निवासी १६ वर्षीय रोहित साउदको उपचारका क्रममा बयालपाटा प्रादेशिक अस्पताल अछाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले बताए ।

अन्य घाइते बान्निगढी जयगढ–६ का १८ वर्षीय समीर शाह, १७ वर्षका विनोद रावत, २० वर्षीय बम शाह, साँफेबगर नगरपालिका–४ मुगसैनका १६ वर्षीय लवशन सुनार र रामारोशन गाउँपालिका–६ भाटाकाटियाका १६ वर्षीय शमशेर साउदको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.