बडीमालिकाबाट फर्किने क्रममा थप अर्का तीर्थयात्रीको मृत्यु

बाजुरा । बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका–९ पर्ने विष्णुपानी नजिकै शुक्रवार दिउँसो भिरबाट लडेर थप एक तीर्थयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए। उनका अनुसार भिरबाट लडेर घाइते भएका उनको साँझ मृत्यु भएको हो।

यसअघि सोही ठाउँमा बिहीवार राति पनि काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझाको सात सय मिटर तर खोँचमा खसेर मृत्यु भएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.