प्रधानमन्त्री ओलीको स्वागतमा दुई मन्त्रीका गाडी एकआपसमा ठोक्किए

धनगढी । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी एकआपसमा ठोकिएर दुर्घटना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागि कैलालीकाे चिसापानी जाने क्रममा बाटो दुई मन्त्रीको गाडी ठोकिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका भौतिक मन्त्री चढने गाडीलाई कानुन मन्त्री चड्ने गाडीले लम्कीमा ठक्कर दिएको प्रहरीले जनाएको छ । गाडीमा सवार मन्त्रीहरुको अवस्था सामान्य हरेको बताइएकाे छ । कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ मा निर्मित कटासे हाईड्रोपावरको उद्वघाटन गर्न प्रधानमन्त्री ओली कैलाली आउन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले कर्णालीस्थित रानीजमरा ईन्टेकको अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि कटासे हाईड्रोपावरको उद्वघाटन गर्नेछन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.