धनगढी । बैतडीको पाटनमा पहिराे खस्दा दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । जसले गर्दा बैतडी र दार्चुला अन्य जिल्लाकाे सडक यातायातबाट बन्चित भएका छन् । सोमबारदेखि लगातार भइरहेको वर्षाका कारण पाटन नगरपालिका–४ जेउडे मोडमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
जेउडे मोडमा सडक अवरुद्ध भएपछि अहिले सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेयले बताए । बिहान पहिरो खसेपछि सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । मोड सुधारका क्रममा सडक खनेपछि जेउडेमा बेलाबेलामा पहिरो खस्ने गरेको छ । पहिरोका कारण विद्युत्को पोल पनि जोखिममा रहेको उनले बताए ।