२ केजी सुन र २४ लाख नगदसहित दुईजना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको ठमेलबाट दुई केजी सुन र नगदसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलस्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीय सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान छन् । उनीहरूको साथबाट २ केजी सुन र २४ लाख नगद बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।

चुनलिन थान डेढ महिनाअघि काठमाडौँमा आएर ठमेलस्थित होटलमा बसेका थिए । चोउ चाहिँ केही दिनअघि मात्र काठमाडाैँ आएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । 

उनीहरू दुई जना प्रेमी प्रेमिका हुन् । सोमबार राति पक्राउ परेका आरोपीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने प्रहरीको तयारी छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.