कैलालीकाे गोदावरी नदीमा महिलाको नाङ्गाे शव फेला

धनगढी । कैलालीको गोदावरी नदीमा एक महिलाको शव फेला परेको छ। गोदावरी नगरपालिका–२ मा गोदावरी नदी किनारामा बेवारिसे महिलाको नाङ्गाे शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दले अन्दाजी ६० वर्षीय महिलाको शव फेला परेको बताए। उनले महिलाको शरीरमा धेरै चोटपटक नभएकाे तर नाङ्गाे रहेकाे बताए ।

नजिकैबाट नदीमा बगेर मृत्यु भएकाे हुन सक्ने भन्दै उनले घटनाको थप अनुसन्धान प्रहरीले गरिरहेको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.